प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन् ।
निजामति सेवा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले ऐन संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजार भएको बताएका हुन् ।
सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसदमा दर्ता गर्ने तयारी गरिरहेको छ ।
निजामती कर्मचारीहरू आफ्नो कार्यशैलीबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान् छन् त्यति नै विश्वसनीयता कायम गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुने बताए ।
संघीय शासन व्यवस्था अनुसार निजामती प्रशासनमा देखिएका कानूनी संरचनागत तथा कार्यगत समस्या समाधान गर्दै समयसापेक्ष व्यावहारिक नेतृत्वबाट चुस्तदुरुस्त नतिजामुखी र नागरिकमैत्री बनाउन आवश्यक रहेकामा उनको जोड छ ।
मुलुकको जस्तोसुकै प्रणालीमा जनतालाई सेवा प्रवाह, विकास र सङ्क्रमणकालीन शासन व्यवस्थामा पनि निजामती प्रशासनले पुर्याएको योगदान सधैँ प्रशंसनीय रहेको स्मरण उनले गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३