नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्। शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको नेपाल महिला संघको तीज कार्यक्रमलाई सम्बोध गर्दै थापाले यस्तो बताएका हुन् । उनले आगामी १५औं महाधिवेशनबाट दाइले भाउजूलाई टिकट दिने परिपाटी हटाउने दाबीसमेत गरे ।
उनले स्थानीय कार्यकर्तालाई सम्बोधनका क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सांसद को बन्ने निर्णय माथिको दाइले होइन, यहीँका कार्यकर्ताको मतदानबाट गरिनुपर्ने पनि बताए।
उनले भने,‘तपाईंहरुलाई वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ। तर, त्यही वडाको अध्यक्षको उम्मेदवार छान्नुपर्यो भने चाहिँ तपाईंको अधिकार खोसिएर त्योभन्दा माथि जान्छ । म महामन्त्री भएकाले अहिले टिकट बाँडेको नजिकबाट हेरें। पहिलो पटक म त्यहाँ सम्मिलित भएँ । तपाईंले सबै अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन् । सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट भाइजूलाई दिन्छ । त्यसैले दाईले भाउजूलाई टिकट नदिने अवस्था कसरी बनाउने भोलि अर्को दाईले भाउजूलाई देला । कुनै एउटा दाईको कुरा मात्रै होइन । १५ औँ महाधिवेशनबाट यो परिपार्टी बदल्नुपर्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७