प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले नेपालको नयाँ नक्सालाई मान्यता नदिनुलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् ।
अमेरिका र चीन भ्रमणबारे छलफल गर्न आफैंले आइतबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा उनले आसन्न चीन भ्रमणका क्रममा हुने चिनियाँ उच्च अधिकारीसँगको भेटमा उक्त विषयलाई महत्वका साथ उठान गर्ने बताए ।
दुई महाशक्ति देशको भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग छलफल गरेका थिए । बैठकमा रानजीतिक दलका नेताहरुले चीनद्वारा भर्खरै जारी नक्साबारे कुरा राख्न भनेका थिए ।
‘यसबारेमा म गम्भीर छु, नेपालको संसदबाट पारित नक्सालाई छिमेकीहरुले सम्मान गर्नैपर्छ’ प्रधानमन्त्रीले भने ।
चीनले गत २१ अगस्टमा जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा उल्लेख छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३