प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका भ्रमणमा जाने टोलीको आकार सानो बनाउन निर्देशन दिएका छन् ।
भ्रमणको एजेण्डाबारे परामर्श लिन बोलाइएको बैठकमा भ्रमण दलको संख्या धेरै भएको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले भ्रमण टोलीको आकार घटाउन मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई निर्देशन दिएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्ड आगामी भदौ २९ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव र सल्लाहकारहरु गरी २४ जनाको टोली अमेरिका जाने भनिए पनि संख्या घट्ने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३