पूर्व सभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।
मंगलबार राति १ बजे प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्याउँदा उनको निधन भइसकेको अस्पताल स्रोतले जानकारी दियो।
इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। उनी इलामबाटै २०५६ सालदेखि पाँच पटक विजयी भएका हुन्।
उनी २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद बनेका थिए। २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७