ट्रायलमान्डुको आयोजनामा शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको तेस्रो चरण सम्पन्न भएको छ ।
झुलेमा सुरु भएर रानीकोटमा सम्पन्न भएको ३० किमी दौडमा पुरुषतर्फ रमेश लिम्बु र महिलातर्फ प्रिया राई पहिलो भए । पुरुष दौडमा रमेशले निर्धारीत दुरी ३ घन्टा ११ मिेनट ३४ सकेन्डमा पूरा गरे । सुजित जर्घा मगर ३ घन्टा २४ मिनेट ३२ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा ३ घन्टा २९ मिनेट २८ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।
महिलातर्फ च्याम्पियन बनेकी प्रियाले चार घन्टा पाँच मिनेट ५२ सकेन्डमा दौड पूरा गरिन् । यसैगरी केभिआर स्टेज रेस च्यालेन्जकै दोस्रो चरणकी विजेता छोकी शेर्पा सात सकेन्डले पछाडि रहेर उपविजेतामा चित्त बुझाउन बाध्य भईन् । छोकीले चार घन्टा पाँच मिनेट ५९ सकेन्डमा दौड पूरा गरिन् । यसैगरी निर्मला राईले चार घन्टा २७ मिनेट २५ सकेन्ड समय लगाएर तेस्रो स्थन हासिल गरिन् ।
सो स्टेज रेस च्यालेन्सको दोस्रो चरणमा स्वदेशी र विदेशी गरी ९६ धावकधाविकाको सहभागिता रहेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३