सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले नयाँ प्रविधिको नियमन र व्यवस्थापनका लागि कानुन निर्माणको काम भइरहेको बताएकी छिन् ।
बिहीबार काठमाडौंमा आयोजित क्यान इन्फो–टेक २०२४ समारोहलाई सम्बोधन गर्दै उनले संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मासाथ गरेपनि त्यसलाई नियमन र व्यवस्थित गर्न कुनै कानुन नभएको भन्दै मन्त्रालय कानुन निर्माणको निम्ति युद्धस्तरमा जुटेको बताएकी हुन् ।
उनले भनिन्, ‘सुचना र प्रविधि अगाडि अगाडि, तपाई हामी पछाडि पछाडि छौं । हाम्रो विडम्बना यहीं छ । संसारमा उत्पादन हुने वा विकास हुने नयाँ प्रविधिलाई हामी आत्मासाथ गरि नै रहन्छौं । तर त्यसलाई नियमन र व्यवस्थित गर्न हामीसँग कानुन छैन् । त्यो कानुन निर्माणको निम्ति मन्त्रालय युद्धस्तरमा जुटको छ ।’
मन्त्री शर्माले आम नागरिकको आधुनिक जीवनशैलीको आधार बन्दै गएको सूचना र प्रविधिलाई अब सुशासन र समृद्धिको आधार बनाउनुपर्ने धारणा राखिन् । उनले समृद्धिको आधार भनेकै सूचना र प्रविधि हो भनेर सैद्धान्तिक रुपमा स्वीकार गरेतापनि अझै व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको गुनासो गरिन् ।
सुशासन सामाजिक न्याय र समृद्धिको मूल एजेण्डासहित सरकार अघि बढेको र त्यसैमा आधारित रहेर आगामी १६ औं योजनाको तयारीमा जुटेको जानकारी दिइन् । सूचना र प्रविधिको क्षेत्रबाट लगानी गर्नसके अर्थतन्त्र सबल बन्न सक्ने उनको भनाई छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३