नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेससँगको गठबन्धन भत्किएको छ ।
आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो ।
नयाँ सहमति अनुसार आज नै सानो आकारको मन्त्रीमण्डल गठन हुने छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नेतृत्वमा उप-प्रधान सहित अर्थमन्त्रीमा विष्णु पौडेल, उप-प्रधानसहित गृह मन्त्रीमा रवि लामिछाने, उप-प्रधानसहित परराष्ट्र मन्त्रीमा उपेन्द्र यादव, उप-प्रधान तथा रक्षा मन्त्रीमा वर्षमान पुन, सूचना तथा संचार मन्त्रीमा पदम गिरी रहने पक्का भएको बैठकमा सहभागी एक नेताले बताए ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभाको अध्यक्षमा समर्थन गर्ने सहमती जुटेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३