एजेन्सी – कोरोना भाइरसको संक्रमण बढेका देशमा मास्कको अभाव भएको छ । दक्षिण कोरियामा मानिसहरु मास्क खरिद गर्न रातमा समेत लाम बसेका छन् ।
कोरियामा मास्क खरिद गर्न मानिसहरुको लाम राति अबेरसम्म देखिएको थियो । मास्क अभाव भएपछि कोरिया सरकारले निर्यात रोकेको छ । कोरियाली प्रधानमन्त्री चुङ सी कुनले मास्क निर्यातमा बन्देजको घोषणा गरिसकेका छन् ।
कोरियामा कोरोना भाइरसको प्रकोप भयावह रुपमा फैलिइरहेको छ । मर्नेको संख्या पनि बढिरहेको छ ।
कोरोना भाइरसका कारण मास्कको अभाव इरान, चीन जस्ता देशहरुमा पनि देखिएको छ । कोरोना भाइरसबाट बच्न सरकारले मास्क अनिवार्य गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३