अमेरिका – ट्विटरले आफ्ना कर्मचारीहरूलाई कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन घरैबाट काम गर्न निर्देशन दिएको छ ।
एउटा ब्लगमार्फत् उक्त सामाजिक सञ्जाल कम्पनीले सो निर्देशन हङ्कङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई अनिवार्य लागु हुने बताएको छ ।
ट्विटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआई काम गर्न प्रोत्साहन गरेको बताएको छ ।
यो निर्देशन ट्विटरले कर्मचारीलाई अत्यावश्यकबाहेक अन्य व्यावसायिक यात्रा र कार्यक्रममाथि रोक लगाएको भोलिपल्ट आएको हो । उक्त ब्लगमा ट्विटरले केही समययता घरबाट काम गर्ने तरिका विकास गरिरहेको पनि बताइएको छ ।
ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले लामो समयदेखि घरबाट काम गर्न कुराको समर्थन गरेका छन् र गएको नोभेम्बरमा उनले छ महिना अफ्रिकामा बिताउने बताएका थिए ।
ट्विटरको निर्णय एशियामा अन्य कम्पनीले गरेको निर्णयजस्तै छ । तर यो अन्य अमेरिकी कम्पनीले लिएकोभन्दा एक पाइला भएको बताइएको छ ।
बीबीसीका अनुसार फेसबुक र गुगलजस्ता कम्पनीले पनि अमेरिकामा आफ्ना कार्यक्रम स्थगित गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३