काठमाडौं – नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप लगाइएको छ । जनसेवा प्रहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ११० पर्ने सामानलाई ३०० लिएर बेचेको सूचनाका आधारमा गुप्तालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ गुप्तासँग प्रहरीले ८१४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ जसको बजार मूल्य रु दुई लाख ५६ हजार ५२० रहेको छ । पक्राउ परेकालाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३