काठमाडौं – कप्तान लिओनल मेस्सीको एकमात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई १–० ले पराजित गरेको हो । बार्सिलोनाको लागि मेसीले ८१ औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।
जितपछि बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक छ ।
उता, एट्लेटिको मड्रिड र सेभियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । २७ खेलबाट ४७ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ । समान खेलबाट ४५ अंक जोडेको सेभिया पाँचौं स्थानमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७