पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक लगानी प्रबर्दन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न राजनीतिक दलहरु एकजुट हुन प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालमा विदेशी लगानीकर्ताका लागि प्रायः सबै क्षेत्र खुला रहेको बताएका उनले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
आइतबारबाट काठमाडौंमा सुुरु भएको तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका सभापति देउवाले नेपालमा लगानीका लागि उदार नीतिले सहज व्यवस्था गरेको बताए । नेपालमा बढी भन्दा बढी लगानी भित्र्याउनका लागि सरकारसँगै राजनीतिक दलहरु पनि मुख्य विषय र मुद्दाहरुमा एकजुट भएर लाग्ने उनले बताए ।
‘सबै प्रमुख राजनीतिक दलहरू नेपालमा वैदेशिक लगानी प्रवद्र्धन गर्न र लगानीसम्बन्धी प्रमुख मुद्दाहरूमा सहमति कायम गर्न एकजुट हुन प्रतिबद्ध छन्’ देउवाले भने ।
सबै क्षेत्रमा विदेशी लगानीकर्ताका लागि नेपाल खुला रहेको सन्देश दिएका देउवाले नीतिगत व्यवस्था पनि लगानीकर्ताका लागि उदार रहेको बताए ।
देउवाले भने, ‘विदेशी लगानीका लागि खुला क्षेत्र, कर नीति र आम्दानी फिर्ता गर्ने सन्दर्भमा नेपालको लगानी व्यवस्था अहिले उदार छ । विदेशी लगानीका लागि प्रायः सबै क्षेत्र खुला छन् । कृषि, पर्यटन, पूर्वाधार विकास, खानी तथा खनिज, उत्पादन, पर्यटन, जलविद्युत र सूचना प्रविधि जस्ता प्रमुख क्षेत्र हुन् जहाँ स्वदेशी तथा विदेशी लगानीले परिवर्तनकारी प्रभाव पार्नेछ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३