-जयराम बिडारी
काठमाडौं । लेखक,पत्रकार तथा साहित्यकारहरुको समूह ‘’स्रष्टा पदयात्रा नेपालले’’ हरेक महिनाको पहिलो शनिवार विभिन्न स्थानको पदायात्रा गर्ने क्रममा जेठको ५ गते सातदोबाटो स्थित चापागाऊँ दोबाटो देखि सुनाकोठीस्थित बालकुमारी मन्दिर हुँदै नाग दह ,सन्नानेश्वर महादेव,बज्रबाराही मन्दिर तथा चापागाऊँ सम्मको पदयात्रा गरी ८२औं श्रृङ्खला सम्पन्न गरेको छ ।
‘’स्वास्थ्य र सिर्जनाको लागि स्रष्टा पदयात्रा‘’भन्ने नाराका साथ २०७३ मा समूह निर्माण गरि निरंतरता दिइंदै आएको पदयात्राको क्रममा यसपाली उक्त रुट छनौट गरि पदयात्रा गरिएको कुरा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीले जानकारी गराए ।
पदयात्रा कार्यक्रममा सहभागी रहेका ५१ जना पदयात्रीहरु मध्य ४८ जना स्रष्टाहरूले पाँच चरण गरि आ-आफ्ना रचना वाचन गरि सुनाएका थिए । सुनाकोठीस्थित बाल कुमारी मन्दिर परिसरबाट शुरूवात गरिएको पहिलो चरणको रचना वाचन कार्यक्रम प्रतीक घिमिरेको संयोजनमा सम्पन्न गरिएको थियो ।सो अवसरमा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष समेत रहेका शीतल गिरी,वशन्त रिजाल,माधव घिमिरे ‘अटल’ घनश्याम प्रसाईं,नानीबाबा अधिकारी,गोविन्द नेपाल, प्रोल्लास सिन्धुलीय,मधु पाठक,हिमा पौडेल,सुधा पोखरेल तथा माधवलाल श्रेष्ठ लगायतका स्रष्टाहरुले रचना वाचन गरेका थिए । यसैगरि नवराज रिजालको संयोजनमा नाग दहमा भएको दोस्रो चरणको कार्यक्रममा स्रष्टाहरू परशुराम पराशर,शारदा पराजुली,प्रतीक घिमिरे,डा.बालचन्द्र मिश्र,रूबी सत्याल, एन.बि.जनकपुरी,सुषमा आचार्य,पार्वता खनाल,गीता रेग्मी तथा उषा के.सी.ले समसामयिक विषयका रचना वाचन गरि कार्यक्रममा रौनकता प्रदान गरेका थिए ।
नाग दहको कार्यक्रम सम्पन्न गरि सन्तानेश्वर मन्दिर पुगेका पदयात्री टोलीले सन्तानेश्वर मन्दिरको दर्शन गरि सामूहिक सहभोजन पश्चात पदयात्री टोलीले मन्दिरका पूजारी गङ्गाप्रसाद गौतमसंग सन्तानेश्वर महादेव मन्दिरको उत्पत्ति, स्थापना र धार्मिक महत्त्वका बारेमा जानकारी लिएका थिए ।
डा.बालचन्द्र मिश्रको संयोजनमा सन्तानेश्वर महादेव मन्दिर परिसरमा भएको कार्यक्रममा स्रष्टाहरू मन्दिरा मधुश्री,गङ्गाप्रसाद भेटवाल,अप्सरा ढकाल,हरिश कल्पित, लक्ष्मी मुडवरी,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,गङ्गा खतिवडा तथा विजया बस्नेतले रचना वाचन गरेका थिए।
बज्रबाराही मन्दिर परिसरमा भएको चौथो चरणको कार्यक्रम कल्पना आचार्यको संयोजनमा सम्पन गरिएको थियो ।सो अवसमा कवि विमल अर्याल,जयराम बिंडारी,राजन पुडासैनी,विनोद नेपाल,बुद्धिसागर पौडेल,नवराज रिजाल,डा.शशि थापा पण्डित,यादेवी ढकाल,विष्णु खनाल शोभा शरभ पोखरेल,खुश्वु रिजाल तथा शान्ता देवकोटाले वाचन गरेका थिए । नानीबाबा अधिकारीको संयोजनमा बज्रबाराही मन्दिर परिसरमै पाचौं चरणको रचना वाचन कार्यक्रममाा स्रष्टाहरू खोलाघरे साहिँलो,कल्पना आचार्य, एन्जेल निलु,पिँडालु पण्डित,प्रदीप सापकोटा,नवीन कार्की तथा गीता निरौला भण्डारीले रचना वाचन गरि मन्त्रमुग्ध बनाएका थिए।सो अवसरमा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीले स्रष्टा पदयात्रको सुरवाती चरण लगायत निरन्तरताका विषयमा जानकारी गराउँदै पदयात्रीहरुका पहिचानको रुपमा विकसित पोशाकको महत्वका बारेमा पदयात्राका क्रममा लेखिएका लेख रचना तथा नियात्रा प्रकाशनको चरणमा रहेको समेत जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा स्रष्टा पदयात्रा,नेपालका उपाध्यक्ष विमल अर्यालले लेखनको माध्यमबाट समजालाई दिशानिर्देश गर्ने स्रष्टाहरुले आफैं पनि सभ्य शिष्ट मर्यादित र अनुशासित हुनु पर्ने बताउँदै पदयात्रामा सहभागीता जनाउनुहुने पदयात्रीहरुले अनुशासनको पालना गर्दै सदस्यता ग्रहण गरिदिनुहुन अनुरोध गरेका थिए ।
लेखक,पत्रकार तथा साहित्यकारहरुले पदयात्राका माध्यमबाट आ-आफ्ना साहित्य सृजना गर्ने क्रममा विविध विषयमा प्रकाश पार्नेनै भए पनि यस पटकको यात्रा संस्मरण लेख्ने जिम्मेवारी भने विनोद नेपाल,परशुराम पराशर तथा रुबि सत्याललाई तोकिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३