काठमाडौं – नेपाल आयल निगमले ग्यासको अभाव नहुने भएकाले एकैपटक धेरै भण्डारण नगर्न आग्रह गरेको छ ।
निगमले एक सूचना प्रकाशित गरेर उपभोक्ताले ग्यास अभाव हुने डरका कारण घरमा रहेका सबै खाली सिलिण्डर भर्न खोज्दा उपभोक्ताको लाइन देखिएको भन्दै ग्यास अभाव नहुने बताएको छ ।
अहिले खाना पकाउने ग्यास उपभोगको औषत परिमाण ३८ हजार मेट्रिक टन रहेकोमा फागुन महिनादेखि ४५ हजार मेट्रिक टनका दरले आपूर्ति गर्ने व्यवस्था मिलाइसकेको निगमले बताएको छ ।
औषतभन्दा ७ हजार मेट्रिक टन ग्यास थप आयात हुने भएकाले बजारमा ग्यासको अभाव नहुने निगमको भनाई छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३