काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले संघीय लोकतान्त्रिक गणतन्त्रले औपचारीक रुपमा संवैधानिक रुपमा जातिय भेदभाव र छुवाछुत अन्त्य गरे पनि व्यवहारीक रुपमा खास गरी ग्रामिण क्षेत्रमा यो शोषण अझै कायम रहेको बताएका छन् ।
आज काठमाण्डौँमा जातिय भेदभाव र छुवाछुत बिरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तामाङले लामो समयदेखि रहेको शोषण , दमन र उत्पीडनको अवशेस पूर्ण रुपले उन्मुलन हुन अझै बाँकी रहेकाले सबैले यसका बिरुद्ध एकजुट भएर लाग्नु पर्ने बताए ।
लामो संघर्ष र बलिदानबाट अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र आउन सफल भएको भन्दै यस पछि मात्रै सदियौ देखिको भेदभाव अन्त्य हुँदै गएको मन्त्री तामाङको भनाई छ ।
मन्त्री तामाङले यदी सबै उत्पीडितहरु मिलेर नलडेको भए, पूर्खा र शहीदहरुले नलडेका भए अहिलेको संघीयता, गणतन्त्र संभव स्थापना असंभव रहेको भन्दै अझै पनि यो परिवर्तन उल्ट्याउन लाग्ने तत्वहरुले षड्यन्त्र गरीरहेको भन्दै यसलाई असफल पार्नु पर्ने बताए ।
यो जातिय उत्पीडन र भेदभाव बर्गीय उत्पीडन र भेदभावकै हिस्सा भएकाले जातिय मुक्ति आन्दोलनलाई बर्गीय मुक्ति आन्दोलनसँग नजोडी सफल नहुने उनको भनाई छ ।
संविधान र कानुनमै कसैले पनि भेदभाव र छुवाछुत गर्छ भने दण्डनीय हुने व्यवस्था गरेको र शोषणको अन्त्य गर्न सफल भए पनि व्यवहारीक रुपमा केही अंशमा त्यो बाँकी रहेको उनले बताए ।
भोजभतेर, सार्वजनिक स्थल, होटल रेष्टुरेन्ट आदीमा भने लगभग छुवाछुत पूर्ण रुपले अन्त्य भईसकेको तर पनि ग्रामिण भेगमा रहेको छुवाछुत र भेदभाव कायमै रहनु निन्दनीय भएकाले सबैले मिलेर यसको अन्त्य गर्नु पर्ने बताए ।
नेपाल र भारत जस्तो देशमा धार्मिक आधारमा विगतमा शासन चल्दाको समयमा सबै भन्दा बढी छुवाछुत र भेदभाव मात्र हैन मानवलाई पशु भन्दा पनि तल राख्ने संस्कार र परम्परा थियो भन्दै उनले आजको दुनियामा यो भेदभाव कुनै पनि अर्थमा स्वीकार्य नहुने मन्त्री तामाङको भनाई छ ।
उनले माओवादी पार्टी भित्र कुनै पनि नेता कार्यकर्ताले जातिय भेदभाव गरेमा उसलाई पार्टी सदस्य नराख्ने गरी कार्बाही गर्ने व्यवस्था रहेको भन्दै अन्य पार्टीहरुलाई पनि सोही व्यवहार लागू गर्न आग्रह गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३