काठमाडौँ, २३ जेठ ः राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार प्रगति ढकाललाई पचास हजार रासीको वातावरण प्रवद्र्धन पत्रकारिता पुरस्ताकारद्वारा सम्मान गरिएको छ ।
आज वातावरण दिवसको अवसर पारेर काठमाडौंमा वातावरण विभागले पत्रकारिताको माध्यमबाट वातावरण संरक्षणको मुद्धामा प्रचारप्रसार , जनचेतना अभिबृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो ।
यसअघि पनि ढकालले मिडिया इन् कन्जरभेसन अवार्ड, सामुदायिक वन पत्रकारिता पुरस्कार, नेपाल वातावरण पत्रकार समूह (नेफेज) द्धारा प्रदान गरिने वातावरण पत्रकारिता पुरस्कार, वन तथा वातावरण मन्त्रालयबाट प्रदान गरिने उत्कृष्ट वातावरण संरक्षण पत्रकारिता पुरस्कार तथा अन्य विभिन्न सम्मान पाउनुभएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७