संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हित बहादुर तामाङले सरकारको चाहना ठूलो संख्यामा नेपालमा चीनीया पर्यटक भित्र्याउनु रहेको बताउनु भएको छ ।
नेपाल पर्यटन बोर्डमा आयोजित चीनीया भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले नेपालले व्यापार साझेदारी बृद्धि गर्दै लाखौंको संख्यामा चीनीया पर्यटक भित्र्याउन चाहेको बताउनु भएको हो । नेपाल दुई ठुला छिमेकी मुलुक भारत र चीनका लागि आकर्षक पर्यटकिय गन्तब्य रहेको पनि उहाँले बताउनु भयो ।
उहाँले भृकुटीले नेपालमा जन्मिएका भगवान गौतमवुद्धको दर्शन फैलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै चीनीया आर्थिक विकास र समृद्धिबाट चीन विश्वकै एक महाशक्तिका रुपमा उदाईरहेकाले नेपालको एक असल छिमेकी र मित्रको नाताले यो चीनको सफलता नेपालको अवसर पनि हुने विस्वास पनि व्यक्त गर्नुभयो ।
परापुर्व कालदेखिनै सांस्कृतिक सम्बन्धका हिशाबले प्रगाढ सम्बन्ध रहेको चीन आर्थिक र प्राविधिक हिशाबले नेपालको बलियो साझेदारी रहेको भन्दै मन्त्री तामाङले चीन सरकारलाई सहयोगका लागि धन्यवाद दिनुभएको छ ।
उहाँले भन्नुभयो, चीन नेपालको एक असल छिमेकी र मित्रको नाताले चीनले गरेको विकासले हाम्रा लागि पनि सकारात्मक र ठुलो अवसर हो। चीन र नेपालबीच सास्कृतिक बाहेक आर्थिक र प्राविधिक सहायताका लागि पनि चीन सरकारलाई हार्दिक धन्यवाद छ ।”
“सञ्चार र यातायातको व्यापक विकासले र आजको विश्व भुगोललाई व्यापक बनाएको दृष्टिले चीनीया भाषाको सिकाई महत्वपूर्ण छ । पर्यटनको महत्वपूर्ण बजार चीन पनि हो । चीनीया पर्यटक दशौँ लाखको संख्यामा भित्र्याउने सरकारको मनशाय छ । ” मन्त्री तामाङले भन्नुभयो ।
आगामी दिनमा लाखौँ हैन दशौँ लाख चीनीया पर्यटक भित्र्याउने लक्ष्य आफ्नो मन्त्रालयको रहेको भन्दै मन्त्री तामाङले त्यसका लागि लाखौँ चीनीया भाषा सिकेका गाईडहरुको आवस्यकता रहेकोमा मन्त्री तामाङको जोड थियो । भारतीय पर्यटकसँग भाषाको समस्या त्यति जटिल नभए पनि चीनीया भाषा जानेका टुरिष्ट गाईडको कमि हुँदा समस्या उत्पन्न हुनेगरेको उहाँले बताउनु भयो ।
मन्त्री तामाङले चीनीया नागरिकसँग सहज रुपमा व्यापार सम्बन्ध बढाउन तथा पर्टकको संख्यामा बृद्धिगर्न हरेका होटल रेस्टुडेन्ट, रिसोट,क्याफे लगायत पर्यटन गन्तब्य स्थलहरुमा चीनीयाँ भाषा जान्ने कामदार र गाईडको आवश्यक्ता रहेको बताउनुभयो । त्यसको लागि पर्यटन बोर्ड र नेपाल चीन शैक्षीक केन्द्रले भाषा प्रशिक्षण तालिम राखेर राम्रो प्रयत्न गरे पनि यो पर्याप्त नहुने भन्दै उहाँले अन्य बिभिन्न संघसस्थासँगको सहकार्यमा यस्ता कार्यक्रम नियमित र निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो ।नेपालको पर्यटन बजारलाई चिनिया लगायत अन्य भाषाका गाएडहरु लाखौंको संख्यामा आवश्यक्ता हुने उहाँको भनाई थियो ।
सरकार र नीजि क्षेत्रको सहकार्यमा भाषामा दक्ष टुरिष्ट गाईड उत्पान गर्न सके नेपालको पर्यटन क्षेत्रलाई आवश्य जनशक्ति पुरा गर्न सकिने पनि मन्त्री तामाङको भनाई थियो । नेपालको पर्यटन विकासको लागी उदाउदो आर्थीक शक्ती चिन एक महत्वपूर्ण बजार हो उहाँले भन्नुभयो, ” चीनीया पर्यटकको संख्या बढाउने लक्ष्य राखिरहदाँ उनीहरुलाई नेपालका पर्यटकीय क्षेत्रको अवलोकनका क्रममा आफ्नै भाषामा जानकारी दिन सक्ने चीनीया भाषा सिकेका गाईडहरुको आवस्यकता पर्ने देखिन्छ । दक्ष जनशत्ति (गाईड) उत्पादनका लागि मन्त्रालयले पनि आवश्यक सहजिकरण गर्नेछ ।” चिनिया लगायत अन्य भाषाका गाएडहरु नेपालमा लाखौंको संख्यामा आवश्यक्ता छ ।
एक आपसको भाषाको ज्ञानले जनस्तरमा पनि समबन्ध र सम्पर्क अझ विस्तार र प्रगाढ हुनेमा जोड दिदैँ उहाँले चीनीयाहरुलाई पनि नेपाली भाषा सिके राम्रो हुने सुझाव दिनुभयो । त्यसको लागि चीनीया शहरहरुमा नेपाली भाषा शिक्षणको आवस्यकता परे नेपालले प्रशिक्षण पठाएर सहयोग गर्ने आश्वासन मन्त्री तामाङले दिनुभएको थियो ।
मन्त्री तामाङले भन्नुभयो, “नेपालमा व्यापार, व्यवशाय र अन्य कामका सिलसिलामा बसनु भएका चिनिया नागरिकले पनि नेपाली भाषा सिक्दा अझ राम्रो हुन्छ । यदी चिनका शाहरहरुमा पनि नेपाली प्रशिक्षक आवश्यक्ता परे हामी यसको व्यवस्था हामी गर्नेछौ।”
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३