प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही गर्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी दाहालले टीकापुरमा जनधनको अपुरणीय क्षति भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने बताए ।
‘टीकापुर घटना एउटा दुखद घटना हो । जसमा जनधनको अपुरणीय क्षति हुनपुग्यो । घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ’, दाहालले भने ।
थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको धारणा दाहालको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३