प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतबीचको सीमा विवाद दुई देशबीच रहेको द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्ने बताएका छन् ।
दाहालले जेठ १७ गते गरेको भारत भ्रमणका क्रममा समेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन कार्यान्वयन गर्ने बारेमा गम्भीर भएर सो विषय उठाएको बताए ।
मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री भने, ‘अझै पनि सरकारको समझदारीबाटै यो प्रतिवेदन बुझ्ने पहल भैरहेको छ ।’
यस्तै दाहालले चुच्चे नक्साको बारेमा समेत मोदीसँग कुरा गरेको र त्यसको सीमासम्बन्धी विषयमा द्विपक्षीय संयन्त्रमार्फत समस्या हल गर्नेमा जोड दिए ।
‘चुच्चे नक्साको त हामीले राष्ट्रिय सहमतिबाटै सम्मानित सदनबाट सर्वसम्मत रूपले नक्सा पारित गर्यौं । सीमासम्बन्धी विषयमा पनि हामीसँग भएका द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्नुप¥यो । यो पटक मैले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग त्यो विषय पनि छलफल गरेर संवादमार्फत टुंगाउन आग्रह गरेको छु । मलाई विस्वास छ सकारात्मक ढंगले यो समस्याको समाधानको पहल हुन्छ’ दाहालले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३