बुटवल – कपिलवस्तु जिल्ला अदालतका कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अदालतमा दोभाषे कर्मचारीका रुपमा करारमा कार्यरत विश्वनाथ कुर्मी सेवाग्राहीसंग घुस लिदै गर्दा पक्राउ परेका हुन् ।
ठगी मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गर्दा विशेष सूचनाका आधारमा उनलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३