काठमाडौं – अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा गरिएको छ। विश्वव्यापी माहामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले संकटकाल घोषणा गरिएको बताएका छन्। तर, संकटकाल कति दिनसम्म लागू हुने भन्ने कुरा भने खुलाइएको छैन् । अमेरिकी नागरिकलाई अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि सुझाव दिइएको छ ।
अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज ३० दिनकालागि बन्द गरिसकेको छ । बेलायत र आएरल्यान्डालाई भने अमेरिका प्रवेशमा रोक लगाइएको छैन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३