उप-प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रहितलाई केन्द्रमा राखी बढ्दो भूराजनीतिको विश्लेषण जरुरी रहेको बताएका छन् ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताको आधारभूत हितलाई ध्यानमा राख्दै विकास साझेदार लगायत विश्व समूदायसँग सम्बन्ध राख्ने तथा विकसित भूराजनीतिक घटनाक्रमको मापन हुनुपर्ने धारणा राखेका हुन् ।
नेपालको आर्थिक, प्राविधिक एवम् सैन्य क्षमताको सन्दर्भ जोड्दै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्थायित्व र राष्ट्रिय स्वतन्त्रताका लागि कूटनीतिनै पहिलो र अन्तिम प्रतिरक्षा को माध्यम हो ।’’
कूटनीति एवम् वार्ता, अन्तर्राष्ट्रिय सम्बन्धको उपयुक्त सञ्चालनका कारण नेपाल एशियामा पुरानो देशहरु मध्ये रहेको उल्लेख गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले देशका कूटनीतिज्ञ तथा कूटनीतिसँग सम्बन्धित संस्थाहरुको क्षमता अभिवृद्धि गर्न ठोस प्रयास हुनुपर्ने बताए ।
जलवायु परिवर्तन, साइवर र ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय सङ्गठित अपराध, कृतिम बौद्धिकता जस्ता नविन र विकास हुँदै गरेका चुनौतीका कारण अन्तर्राष्ट्रिय सहयोग र संवादको दायरा थप फराकिलो भएको उनले उल्लेख गरे ।
भूराजनीतिक प्रतिस्पर्धा तथा नयाँ संवेदनशील मुद्दाहरुका कारण कूटनीतिज्ञको महत्त्व झनै बढेको धारणा राख्दै परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘‘नयाँ चुनौतीहरुको सामना गर्न हामीसँग अझै बढी कूटनीतिक दक्षता र निपुणता हुनुपदर्छ ।’’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३