नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउने गरी कसरत भइरहेको नेताहरुले बताएका छन् ।
महासचिव घनश्याम भुसाललाई महासचिवमै रहन नेपाले प्रस्ताव गरेको र सहमतिको प्रयास भइरहेको छ । भुसाल पछाडि हट्ने मनस्थितिमा रहेको नेपाल निकट नेताहरुको दाबी छ ।
भुसाललाई वरिष्ठ उपाध्यक्ष वा महासचिव दुईमध्ये एक रोजाइएको छ । सम्मानीत नेता झलनाथ खनालले पनि आफ्नो दावी छाड्ने जनाइएको छ । हि
असार १६ गते उदघाटन गरिएको १०औं महाधिवेशनमा बुधबार पार्टीको दस्तावेज पारित भइसकेपछि नेतृत्व चयनका लागि छलफल सुरु भएको हो ।
महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३