एजेन्सी – कोरोना भाइरसबाट मर्नेको संख्या छ हजार कटेको छ । चीनमा तीन हजारको मृत्यु भइसक्दा त्योभन्दा बढी बाँकी विश्वमा मृत्यु भएको छ ।
युरोप कोरोना भाइरसको महामारीको केन्द्र बिन्दु बनेको छ । विश्व स्वास्थ्य संगठनले युरापलाई माहामारीको केन्द्र बिन्दु घोषणा गरेको हो । युरोपमा भाइरसका संक्रमित अत्याधिक बढेपछि संकट बढेको छ ।
चीनभन्दा चीनबाहिर भाइरसका संक्रमित बढी भइसकेका छन् । विश्वभर एक लाख ६३ हजारमा संक्रमण भएकोमा चीनमा ८१ हजार र बाँकी अन्य देशमा देखिए्को छ । चीनमा तीन हजारको मृत्यु भइसक्दा बाँकी देशमा त्योभन्दा बढी संख्यामा मृत्यु भएको तथ्यांक छ ।
शुरुमा चीनमा देखिएको कोरोना भाइरस त्यहाँ निकै हदसम्म नियन्त्रणमा आइसकेको छ । तर, युरोपमा स्थिति भयावह बन्दै गएको छ ।
आइतबार एकै दिन कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्याले किर्तिमान बनाएको छ । आइतबार मात्र इटालीमा ३६८, स्पेनमा ९७, फ्रान्समा २९, बेलायतमा १४ जनाको मृत्यु भएको तथ्यांक छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३