अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालालाइ एक लाख पचास हजार घुससहित नियन्त्रणमा लिएको हो ।
औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।
उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको अख्तियारले जनाएको छ । कोइरालामाथि थप अनुसन्धान भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७