पूर्वमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले, विपद् घटनालाई लिएर राज्यले वृहत रुपमा सोच्न आग्रह गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले गए रातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नं ४ बाढीका कारण बासिन्दाहरु समस्यामा परेको भन्दै सरकरालाई उचित संरक्षणको माग गरे ।
उनले भने,‘हिजो रातिको अविरल वर्षाका कारण नार्गाजुन वडा नं ४ मा जनताहरु पीडित भएका छन् । त्यहाँ राम्रोसँग काम भएको भए बाढी बस्तीमा पस्ने थिएन् । विपद्को लागि राज्यले अलि वृहत रुपमा सोच्ने बेला भएको छ । खाली सानो तिनो राजनीतिक मुद्दाहरुमा होइन अरु विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । तत्काल सहरी विकास मन्त्रालयलगायतको सरकारी टोलीबाट उचित संरक्षण होस भन्ने माग गर्दछु ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३