काठमाडौं- ओमानले मंगलबारदेखि गैरओमानीलाई ओमान प्रवेशमा रोक लगाउने भएको छ। कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ओमान सरकारले जिसिसी बाहेकका गैरओमानी नागरिकलाई अनिश्चितकालका लागि प्रवेश रोक लगाउने निर्णय गरेको हो।
योसहित ओमान सरकारले ५ वटा निर्णय गरेको छ। जसमा जुनसुकै मार्गबाट ओमान प्रवेश गर्नेहरु क्वारेन्टाइनमा बस्नुपर्नेछ। शुक्रबारको प्रार्थना बन्द रहनेछ।
सार्वजनिक बगैँचा तथा पार्कहरु पनि बन्द रहनेछन्। सामाजिक जमघट तथा पार्टी भोजमा समेत ओमानले रोक लगाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७