नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचन आयोग अब इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा जानुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन पद्धतीमा धेरै नै सुधार आएपनि भोट गन्ने कुरामा अझै समस्याहरु देखिएको भन्दै यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जानुपर्ने बताएका हुन् ।
उनले भने, ‘निर्वाचन आयोगले सोच्नुपर्ने के हो भने अब विद्युतीय मतदान प्रक्रियामा जानुपर्छ । यसको सफल प्रयोग भारतमा भएको छ । अहिले पनि निर्वाचन पद्धतीमा धेरै नै सुधार भएको छ । मतदाताहरुको अधिकार सुनिश्चित भएको छ । भोट सुरक्षित रुपमा दिने अवस्था बनेको छ । भोट गन्ने कुरामा भने अझै केही समस्याहरु देखिएका छन् । यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जाने कुरालाई नै छलफलमा अगाडि लानुपर्छ । यसमा दलहरुले नै अगुवाइ गर्नुपर्छ ।’
यस्तै, उनले राष्ट्रपति उपराष्ट्रपतिहरुको कुरामा पनि देखिएका विरोधहरुलाई पनि अन्त्य गर्नुपर्ने बताए ।
यसको साथै, कुनै पनि कारणले प्रतिनिधित्व भएन भन्ने कुराको अन्त्य हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस सँधै यसको हकमा रहेको पनि उनको भनाई छ ।
उनले भने, ‘दलित महिलाहरुको हकमा केही समस्याहरु छन् । दलितको पनि प्रत्यक्ष सुनिश्चित गर्दा कुन ठाँउको दलितहरुको संख्या कति छ त्यो हिसाबले रोटेशन गर्नुपर्छ । नेपाली काङ्ग्रेस सधैँ यसको हकमा छ । कुनै पनि कारणले कसैले पनि हाम्रो प्रतिनिधित्व भएन भन्ने कुरा हट्नुपर्छ । सबै समान हुनुपर्छ । ८४ को चुनाव अगाडि संविधान संशोधनको कार्य अघि लैजानुपर्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३