झिमरुक – प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ । ४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो ।
उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नं ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पोषण ढकालले बताए । घाइतेलाई जिल्ला अस्पताल बिजुजारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनःकाठमाडौँको ब्लुक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ढकालले बताए। सवारी र चालक प्रहरीको नियन्त्रणमा रहेको उनको भनाइ छ ।
अनेरास्ववियु र नेविसङ्घको माग
अनेरास्ववियु र नेविसङ्घको घटनाप्रति दुःख व्यक्त गर्र्दै यातायात व्यवसायीको लापरवाही तथा यस प्रकारको रवैयाले भण्डारीको निधनले जिल्लाका यातायात चरम लापरवाही ढङ्गबाट सवारी सञ्चालन गरेको पुष्टि भएको जनाएका छन् ।
त्यसैले प्रशासन तथा जिल्लाका सरोकार पक्षले यस घटनाको निष्पक्ष छानविन गरी पीडित पक्षलाई कानूनी राज्यको आभास गराउनु प्रशासनको दायित्व भएको जनाउँदै निष्पक्ष छानविन गरी पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७