काठमाडौं – साना तथा मझौला होटल व्यवसायीहरुले सरकारलाई आवश्यक परे आफ्नो होटल क्वारेन्टाइन बनाउन दिने प्रतिवद्धता जनाएका छन् ।
होटल व्यवसायी महासंघको अगुवाईमा शनिबार भएको बैठकले (कोरोना भासइस कोभिड १९) को नियन्त्रणका लागि आवश्यक परे उपत्यकामा रहेका होटलहरु क्वारेन्टाइन बनाउन दिने निर्णय गरेको हो ।
उपत्यका बाहिर पनि सम्बन्धित जिल्ला अध्यक्षहरुसँग समन्वय गरी देशभर क्वारेन्टाइन सञ्चालनमा सहयोग गर्ने निर्णय गरेको महासंघका अध्यक्ष हिराध्वज शाहले जानकारी दिए ।
‘सरकारले स्वास्थ्यकर्मी र सुरक्षाको विशेष प्रवन्ध मिलाए हामी निःशुल्क आफ्ना होटलहरु क्वारेन्टाइन बनाउन दिन तयार छौं’ उनले भने ।
उनका अनुसार काठमाडौंका होटलहरुमा मात्र ३० हजार कोठा उपलब्ध हुनेछ । ठूला होटलहरुको छाता संगठन होटल संघ नेपालले भने यस्तो निर्णय गरिसकेको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३