सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो । कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।
यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । उत्पादन, लगानी, र फाइनान्स समूहका परिसूचकहरू क्रमशः १.०६%, ०.७६%, र ०.१५% ले वृद्धि भए । तर बैंकिङ ०.४६%, विकास बैंक ०.६८%, होटल तथा पर्यटन ०.८३%, हाइड्रोपावर ०.५४%, जीवन बीमा १.६७%, माइक्रोफाइनान्स ०.६१%, निर्जीवन बीमा १.१६%, र व्यापार समूह १.३०% ले घटेका छन ।
इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ८.७% ले वृद्धि भयो । त्यस्तै, महिला लघुवित्तको ७.१%, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३%, र हिमालयन डिस्टिलरीको ५.९९% ले वृद्धि भएको छ । विपरीत, खानीखोला हाइड्रोपावरको मूल्य ८.२%, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२%, र सुपरमाइ हाइड्रोपावरको ३.८% ले घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३