पछिल्ला दिनमा नोबेल कोरोना भाइरस कोभिड–१९ को इपीसेन्टर बनेको संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ सय नाँघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा करिब २७ हजार थप संक्रमितको पुष्टि भएको हो । थप ९ सय जनाले ज्यान गुमाएका हुन् ।
अमेरिकापछि इटाली र स्पेनमा पनि संक्रमितको सख्या लाख भन्दा बढी भएको छ । इटालीमा १ लाख १० हजार ५०० भन्दा बढी र स्पेनमा १ लाख ४ हजार भन्दा बढी स्रक्रमितको पुष्टि भएको छ ।
जोन्स हपकिन्स युनिभर्सिटीको आँकडाअनुसार हाल विश्वभर ९ लाख ३२ हजार ६ सय भन्दा बढी संक्रमित देखिएका छन्। यस भाइरसका कारण ४६ हजार ८ सयको मृत्यु भइसकेको छ । एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३