सिड्नी – अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थीलाई अप्ठेरो भए आफ्नो देश फर्किने प्रबन्ध गर्न सुझाव दिएका छन् ।
शुक्रबारको आफ्नो नियमित प्रभातकालीन सन्देशमा सोधिएको एक प्रश्नमा उनले भने, ‘उनीहरुको प्रवेशाज्ञा सर्तमा अस्ट्रेलियामा एक वर्ष आफूलाई आफैं सहयोग गर्न सक्ने कुरामा सहमति छ।’
उनले अगाडि भने, ‘त्यस हिसाबले अस्ट्रेलिया आएको एक वर्ष नपुगेका विधार्थीले आफूलाई सहयोग गर्न सक्दैनन् भने आफ्नो देश फर्किन सक्छन् ।
उनले आफ्नो सरकारले घोषणा गरेका सुविधाहरु यो महामारीका बेला आफ्ना नागरिक तथा स्थायी बासिन्दाका लागि भएको स्पष्ट पारे । अस्ट्रेलियामा भएका हजारौं विद्यार्थी नर्सहरुलाई भने कामको अवसर भएको उनको भनाइ छ ।
प्रधानमन्त्री मरिसनले अस्ट्रेलियामा भएका विदेशी पर्यटकहरुलाई पनि समस्या भएमा स्वदेश फर्किने उपयुक्त समय यही भएको बताए ।
अस्ट्रेलियाको प्रतिपक्षी दल अस्ट्रेलियन लेबर पार्टी तथा उसका भात्री संस्थाहरुले प्रधानमन्त्री मरिसनको यो घोषणाको बिरोध गरेका छन् ।
अस्ट्रेलियाको मजदुर युनियनले भनेको छ, ‘अन्य बेला यहाँको श्रम बजारको अधिकांश हिस्सा ओगटेका यहाँका अस्थायी बासिन्दाहरुलाई यो दु:खका बेला सरकारले सहयोग गर्नुपर्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७