काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) को हकप्रद स्थगित भएको छ । कम्पनीले कोरोना भाइरसका करण लगानीकर्ताहरुको हितलाई मध्येनजर गरी परिस्थिति सहज भए पश्चात हकप्रद शेयरको बिक्री खुल्ला गर्ने जनाएको हो ।
कम्पनीले गत फागुन २२ गतेदेखि चैत १२ गतेसम्म ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । तर ११ गतेदेखि लकडाउन लागु पछि कम्पनीले हकप्रद भर्ने म्याद चैत २७ गते सम्म थपेको थियो । यस अवधिमा पुन लकडाउन बढेपछि कम्पनीले परिस्थिति सहज भए पश्चात आवश्यकता हेरी थप निर्णय गरिने जनाएको हो ।
कम्पनीले १० बराबर ६ अनुपातमा प्रतिशेयर १०० अंकित मूल्यमा कुल ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर निष्काशन विक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैँया रहेको छ । हकप्रद बाँडफाँट पछि सो पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनको लागि इन्स्योरेन्सले माघ २७ गते बुकक्लोज गरेको थियो । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३