एजेन्सी – उत्तर कोरियामा कोरोनाको संक्रमण शुन्य रहेको विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले जनाएको छ ।
उत्तर कोरियामा सात सय जनामा कोरोनाको परीक्षण गराएको छ भने पाँच सय जनालाई क्वारेन्टिनमा राखेको विषयको जानकारी डब्लूएचओले दिएको हो । अहिले सम्म कोरोनाको परिक्षण गर्दा एक जनामा पनि कोरोनाको संक्रमण नदेखिएको डब्लूएचओले जनाएको छ ।
उत्तर कोरियाका लागि डब्लू्एचओका प्रतिनिधि डाक्टर एडविन साल्भाडोरले भने,‘अप्रिल २ सम्म यहाँ ७०९ जनामा कोरोना परीक्षण भएको छ। हालसम्म कसैमा कोरोना पुष्टि भएको छैन। यहाँ ५०९ जनालाई क्वारेन्टिनमा राखिएको छ। २ विदेशी र ५०७ स्वदेशका नागरिक क्वारेन्टिनमा छन्।’
कोरोनाको उद्गमस्थल चीन र कोरोना संक्रमण देखिएको मुलुक दक्षिण कोरियासँग उत्तर कोरियाको सिमाना जोडिएको छ। यसबीचमा उत्तर कोरोना नियन्त्रण गर्न सफल भएको डब्लूएचओले जनाएको छ।
यसअघि उत्तर कोरियाले पनि आफ्नो देशका कोही कोरोना संक्रमित नभएको बताउँदै आएको थियो। संक्रमण चीनमा देखपर्ना साथ् उत्तर कोरियाले आफ्नो सम्पूर्ण सीमामा कडाई गरेको थियो । उत्तर कोरिया मा संक्रमण फैलिन नदिन सरकारले साबधानी समेत अपनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७