भारतमा आजबाट लकडाउन खुकुलो भएको छ । तर, कोरोना भाइरसको जोखिम नभएको स्थान र अत्यावश्यक क्षेत्रको प्रयोग र संचालनमा लकडाउन खुकुलो गरिएको हो ।
भारत सरकारले अत्यावश्यक र महत्वपूर्ण काम गर्न छुट दिइने गरी निर्देशिका बताएर लकडाउन खुकुलो पारेको हो । भारतको गृह मन्त्रालयले दोस्रो चरणको लकडाउन शुरु भएपछि निर्देशिका जारी गरेको थियो जुन ८ वैशाखदेखि लागू गरिएको छ ।
निर्देशिका अनुसार स्वास्थ्य सेवालाई पहिलो नम्बरमा राखेर अस्पताल, औषधी पसल, औषधी निर्माण कम्पनि खोल्न दिइने भनिएको छ ।
दोस्रो नम्बरमा कृषिलाई राखेर कृषिसँग सम्बन्धित गतिविधि गर्न दिइने उल्लेख छ । कृषि उत्पादन, बिजारोपण, माछापालन, दुग्ध उत्पादन र विक्रीलगायत गर्न दिइने भनिएको छ ।
तेस्रो नम्बरमा वित्तिीय क्षेत्रलाई राखेर बैंक, इन्सुरेन्स कम्पनिलगायतको सेवा सुचारु गर्न दिइने उल्लेख छ ।
चौंथो नम्बरमा सामाजिक क्षेत्रका बाल गृह, मानसिक समस्या भएका, वृद्धाश्रम संचालन गर्न छुट दिने उल्लेख छ ।
पाचौं नम्बरमा सार्वजनिक आवश्यकताका पेट्रोल पम्प, ग्याँस, इन्टरनेट, टेलिफोन, हुलाक संचालन गर्न दिने भनिएको छ ।
छैंठोमा ढुवानी छुट दिइने उल्लेख छ । रेल, हवाई, जलमार्गबाट कार्गो संचालन गर्न दिइने छ । सामान ढुवानीमा ट्रक संचालन गर्न दिइने छ र त्यसमा दुई ड्राइभर र एक सहयोगी चढ्न पाउनेछन् ।
अत्यावश्यक सेवामा खाद्यान्न, तरकारी, फलफूल, दुध, माछामासुका पसलहरु संचालन गर्न दिइने भनिको छ । प्रिन्ट र इलेक्ट्रोनिक मिडिया संचालन गर्न दिइएको छ । लकडाउनका कारण रहेका पर्यटकलाई राख्न होटल, होभस्टे, लजहरु संचालन गर्न छुट दिइने छ ।
प्लम्बर र विद्युतको मर्मत गर्नेलाई समेत छुट दिइनेछ । सडक, सिचाईं, भवनलगायतको निर्माणमा छुट दिइनेछ ।
तर, भारत सरकारले हवाई, रेल र सडक मार्गबाट यात्रामा रोक लगाउने उल्लेख गरेको छ । शैक्षिक संघ संस्था, सिनेमा हल, सपिङ कम्प्लेक्स, राजनीतिक र सामाजिक गतिविधि, पाँच जनाभन्दा बढी मानिसको भेला, धार्मिक गतिविधि, रक्सी, गुट्खा, सुर्ति चुरोटको सेवनमा समेत बन्देज लगाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३