काठमाडौँ – पचासौं पृथ्वी दिवसको उपलक्ष्यमा गैर सरकारी संस्था गुथिले वेविनारमार्फत प्रत्यक्ष अनलाईन कौसी खेती तालिमको कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सन १९७० देखि हरेक वर्ष अप्रिल २२ को दिनमा पर्यावरणीय क्रान्तिका लागि पृथ्वी दिवस मनाइदै आइरहेको छ । हालको लकडाउनको अवस्थामा भान्छाको फोहोर व्यवस्थापन गर्न र आफैले तरकारी उत्पादन गर्न कौशी खेतीको प्रशिक्षण दिइएको संस्थाले जानकारी दिएको छ । यस तालिम मार्फत घरमै रहेको जैविक फोहोर र आकाशे पानीको प्रयोग गर्दै घर आगनमै तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने जानकारी दिइएको थियो । भान्छाबाट निस्कने फोहोरको प्रयोग गरेर मल बनाउने र उक्त मल कौशी खेतीमा प्रयोग गरेर खाद्य चक्र पुरा हुनका साथै सहरी हरियालीमा वृद्वि भई जलवायु परिवर्तनको विरुद्वको लडाईंमा पनि यसले टेवा पुर्याउने संस्थाको बिश्वास छ ।
अनलाईन कौसी खेती तालिमबाट सहभागिहरुले कौसी खेती गर्न चाहिने जानकारी, प्रविधि, घरमा रोप्न सकिने विभिन्न तरकारी बाली, कम्पोष्ट आदिका बारेमा कौशी खेती विज्ञ शेष नारायण महर्जनले प्रशिक्षण दिएका थिए । उक्त तालिममा ८ हजार १ सय ५२ सहभागिले जुम र फेसबुक लाइभमार्फत सहभागिता जनाएका थिए ।
कार्यक्रमका अतिथि वक्ता पूर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले ‘‘सर्वप्रथम कोभिड–१९ को प्रकोपपश्चात हरेक नेपालीले खाद्य उत्पादनमा लाग्नुपर्ने आवश्यक्ता टट्कारोको रुपमा महसुस भएको औल्याए । नेपालमा अब नत रेमिटेन्स न त बाहिरबाट खाद्यान्न खरिद गर्न सक्ने स्थिति रहेको उनको बहानी थियो ।
प्रतिनिधि सभाका सदस्य माननीय जिवन राम श्रेष्ठले कार्यक्रममा बोल्दै पचासौ पृथ्वी दिवसको अवसरमा शुभकामनासहित कोभिड–१९ का कारण कार्यशैलीमा परिवर्तन ल्याउन आवश्यक्ता रहेको औल्याए ।
गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले कौसी खेतीद्वारा तरकारी आपूर्तिको कमीलाई सहज गर्न र भान्छाको जैविक फोहोरलाई व्यवस्थापन गरी यसलाई तरकारी उत्पादनमा प्रयोग गराउन प्रोत्साहित गर्न जरुरी रहेको बताए । सहरी कौशी खेतीले हरीयालीलाई बढाउन पनि मद्दत गर्छ र पृथ्वीको कार्वन फुटप्रिन्ट घटाउन सहयोग गर्छ । घरघरमा कम्पोष्ट विन र विउको व्यवस्था गरी कोभिड-१९ पछिको समयमा पनि सहरी खेतीलाई प्रोत्साहन गर्न उनले सरकारसंग माग गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३