काठमाडौँ – कीर्तिपुर नगरपालिका क्षेत्रमा वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले कीर्तिपुर नगरपालिकाका विभिन्न ७ स्थानमा जडान गरिने स्पर्श रहित हात धुने स्टेशनको कीर्तिपुर नगरपालिकामा सुरुवात भएको छ । नगरपालिकाका मेयर रमेश महर्जनले उक्त स्टेशनको सुरुवात गरेका हुन् ।
स्पर्श रहित हात धुने स्टेशन कीर्तिपुर प्रवेशद्वार, कीतिपुर नगरपालिकाको कार्यालय भवन अगाडि र फोहोरमैला प्रशोधन केन्द्र, नयाँ बजार अगाडि स्थापना गरिएको छ । यस बाहेक कीर्तिपुर पाँगा दोबाटो, नगाउँ दोबाटो र ढोकाशी टोलमा स्थित खाना वितरण गर्ने स्थानमा पनि स्पर्श रहित हात धुने स्टेशन स्थापना गरिने छ ।
यी हात धुने स्टेशन कीर्तिपुर नगरपालिकाको सहकार्यमा फोहोरमैला व्यवस्थापनमा काम गर्ने मजदुर कर्मचारी, सुरक्षाकर्मी र निःशुल्क खाना खुवाउने स्थानलाई लक्षित गरेर छनौट गरिएको हो । हाल कोभिड संक्रमणको जोखिम स्वास्थ्यकर्मी पछि फोहोरमैला जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने कर्मचारीमा बढी देखिन्छ । कीर्तिपुरमा १०० भन्दा बढी फोहोरमैलामा काम गर्ने सफाई मजदुरहरुको समुदाय रहेको छ ।
यस कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने ‘‘कोभिड–१९ को सक्रमणको लहर रोक्न सावुन पानीले हात धुने कार्य एक अत्यावश्यक रोकथामको उपाय हो । यस क्रममा धारा नछोई हात धुने प्रविधि एक सह्रायिन कदम रहेको छ किनभने यसले विभिन्न संक्रमित सतहबाट फैलिने सक्रमण पनि कम गर्छ ।’’
हाल कोभिड–१९ बाट बच्ने सवै भन्दा प्रभावकारी उपाय भनेको सावुनले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ । तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनिकरण गर्न स्पर्श रहित हात धुने स्टेशनको स्थापना गरिएको हो ।
यसै कार्यक्रममा बोल्दै उपमेयर सरस्वती खड्काले कीर्तिपुरको ७ स्थानमा नमुनाको रुपमा स्पर्श रहित हात धुने स्टेशन जडान गर्न पाउँदा यसले सेवा मात्र प्रदान नगरी व्यवहार परिवर्तन र जनचेतना अभिवृद्धिमा समेत टेवा पुर्याउने जिकिर गरिन् । यस कार्यक्रमलाई अझ व्यापक बनाउने नगरपालिकाको योजना रहेको पनि उनले जानकारी दिइन् ।
अहिले लक डाउनको बेलामा पनि अत्यावश्यक कार्यमा निस्कने कर्मचारीहरु र सर्वसाधारणका लागि स्पर्श रहित हात धुने स्टेशन प्रभावकारी रहने अपेक्षा गरिएको छ । यस संयन्त्रलाई खुट्टाले प्याडललाई दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुने हुन्छ । यो स्पर्श रहित हात धुने प्रविधि वाटर एड नेपालद्वारा निर्माण गरिएको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए । स्थापना पश्चात आगामी ३ महिनासम्म यही स्टेसनहरुमा दिनहु पानी भर्ने र झोल साबुनको व्यवस्था गर्ने जिम्मा निजी सेवा प्रदायकबाट गुथिले गर्नेछ ।
प्रविधिको संरक्षण र सुरक्षाको जिम्मा नगरपालिका, सम्बन्धित वडा कार्यालय र समुदायले लिने सर्तसहित एक सम्झौतामा नगरपालिका, गुथि र वाटर एड नेपाल विच हस्ताक्षर पनि भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३