विराटनगरबाट काठमाडौं आएका स्थानीयवासीलाई प्रहरीले फर्काउने तयारी गरेको छ।
सोमबार बिहान विराटनगरबाट करिब ८५ जनालाई काठमाडौं पठाइएको विराटनगर महानगरपालिका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए।
उनका अनुसार काठमाडौंबाट पढ्नका लागि बसेका, अलपत्र परेकालाई काठमाडौं पठाइएको हो। तर अहिले उनीहरूलाई नागढुंगामै होल्ड गरी राखिएको छ।
उनीहरूलाई फर्काउने तयारी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए।
‘केही बसबाट मानिसहरू ओसारेका रहेछन्,’डिएसपी घनश्याम श्रेष्ठले भने,’उनीहरूले स्थानीय निकायमा छलफल गरी आएका रहेछन्।’
उनका अनुसार ती व्यक्तिहरूलाई विराटनगर नै फर्काउन लागेका हुन्।
‘हामीले कसैलाई पनि काठमाडौं छिर्न दिएका छैनौं,’उनले भने,’उनीहरूलाई फर्काउने तयारी थालेका छौं।’
उनीहरूको विवरण टिपेर फर्काउने तयारी गरेको हो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७