विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१३ टंकेश्वर र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ गरी कुल २४ लाख २१ हजार रुपैयाँ बरामद भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।