काठमाडौं – लकडाउनका कारण बन्द भएको सेयर बजार मंगलबारबाट सूचारु हुने भएको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सेयर बजार सूचारु गर्न निर्देशन दिएको हो ।
११ चैतयता कारोबार बन्द भएको थियो । बोर्डका अनुसार अब बिहान ११ बजेदेखि १ बजेसम्म अर्थातः दुई घण्टा कारोबार हुने भएको हो ।
शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्थामा समेत परिवर्तन भएको छ । यस अनुसार अब दुई प्रतिशतमै सर्किट ब्रेकरको व्यवस्था भएको छ ।
अब कोरोनाको प्रभाव कायम हुन्जेल दुई प्रतिशतभन्दा माथि बजार बढ्दा वा दुई प्रतिशतभन्दा तल घटेको अवस्थामा अब सर्किट ब्रेक लाग्ने प्रावधान ल्याइएको छ ।
सरकारले बैंक, वित्तीय संस्था, बीमा, धितोपत्र बोर्डजस्ता क्षेत्र संचालनको बाटो खोलेको थियो । यस्तो सेवा सूचारु गर्दा बढीमा एक तिहाई मात्र कर्मचारी राखेर सेवा सुचारु गर्न सकिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३