काठमाडौं – फुटबलमा ५ खेलाडी परिवर्तन सम्बन्धी नयाँ नियम पारित भएकाे छ । फुटबलकाे नियम बनाउने संस्था इन्टरनेशनल फुटबल एसाेसिएसन बाेर्ड (आईएफएबी) ले खेलाडीकाे सुरक्षाका लागि याे नियम लागू गरिएकाे जनाएकाे छ ।
आईएफएबीका अनुसार काेराेना भाइरसको महामारीपछि फुटबल शुरु हुँदा टिमले ५ खेलाडी परिवर्तन गर्न पाउनेछन् । काेराेना महामारीले गर्दा फुटबल अहिले स्थगित छ र अब फुटबल फेरि शुरु हुँदा खेलाडीकाे फिटनेस कायम राख्न अस्थायी रुपमा नियम परिवर्तन गरिएकाे हाे ।
आईएफएबीले फिफाकाे आग्रहमा नियम परिवर्तन गरिएकाे र यही वर्ष ३१ डिसेम्बर सम्म सकिने प्रतियाेगिताकाे लागि मात्र याे लागू हुने जनाएकाे छ ।
यसको अर्थ यही सिजनका बाँकी खेलहरु र च्याम्पियन्स लिग फेरि शुरु भए याे नियम लागू हुनेछ । २०२०-२१ काे सिजनमा याे लागू हुने छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७