काठमाडौं – कोरोना महामारीका कारण अदालतका धेरै सेवा बन्द हुँदा म्याद गुज्रिएका मुद्दाका विषयमा के गर्ने भनी सोमबार सर्वोच्च अदालतमा छलफल हुँदैछ ।
त्यसका लागि सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित सबै न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलास गठन गरेको छ । बृहत् पूर्ण इजलासमा सर्वोच्चको मुद्दा तथा रिट महाशाखाको प्रतिवेदनमाथि छलफल हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
‘लकडाउनका कारण अदालतका कतिपय सेवा बन्द हुँदा धेरै मुद्दाको म्याद र हदम्याद गुज्रिएका छन् । ती मुद्दाको विषयमा के गर्ने भनी बृहत् पूर्ण इजलासमा छलफल हुँदैछ’ उनले भने । सोमबार साँझसम्म यस विषयमा एउटा निर्णय आउने ढकालले बताए ।
चैत ११ गते लकडाउन सुरु भएदेखि सर्वोच्च अदालत र देशभरका अदालतले बन्दीप्रत्यक्षीकरण रिट र कोरोना महामारीसम्बन्धी मुद्दाहरू मात्र हेर्ने निर्णय गरेको थियो । यसका अदालतमा रहेका धेरै मुद्दाहरू प्रभावित भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३