काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा अल्पज्ञान, अहंकार र भयंकरको ककटेल देखिएको बताएका छन् ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको जवाफ सुनेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।
प्रधानमन्त्रीमा कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको भट्टराईले बताए । ‘लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो’ उनले टिप्पणी गरे ।
प्रम@kpsharmaoliको ३घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो।लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो!
— Baburam Bhattarai (@brb1954) May 19, 2020
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३