दार्चुला – दार्चुलाको लिपुलेकमा नेपाली झण्डा गाड्न हिँडेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेश सिंह विष्ट, दिपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउँद, दिपक साउँद र जनक सिहं साउँदलाई व्याँस गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘देशमा अहिले बन्दाबन्दीको समय छ । एक ठाउँबाट अर्को ठाउँ जान बन्द गरिएको छ, लकडाउनको उलंघन गर्दै उनीहरु एक पालिकाबाट लुकीछिपी अर्को पालिका प्रवेश गरेका थिए । जसले गर्दा कोरोनाको खतरा समेत बढने सम्भावना भएकाले उनिहरुलाई नियन्त्रणमा लिनुपरेको हो, प्रहरी नायव उपरिक्षक पदम विष्टले बताए । साथै उनीहरुलाई पक्राउ गर्नुमा सुरक्षा व्यवस्था पनि कारणको रुपमा प्रहरीले देखाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३