११ जेठ २०७७, गोरखा – १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखामा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका-७ च्याङ्लिका १७ वर्षीय दिपेन्द्रकुमाल रहेको प्रहरीले जनाएको छ । गत वैशाख २० गते बालिकालाई ललाइफकाइ आफ्नो घरमा लगेर जबरजस्ती करणी गरेको पीडितले दिएको जायरी उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वासुदेव खतिवडाले बताए ।
कुमाललाई आइतबार जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३