१२ जेठ २०७७, काठमाडौं – काठमाडौंको टोखा नगरपालिकामा किराना पसलेमा कोरोना संक्रमण पुष्टि भएको छ। ४१ वर्षीय पुरुषले महिना दिनअघि मात्र किराना पसल किनेर व्यापार थालेका थिए।
टोखा नगरपालिकाले कोरोना परीक्षणको दायरा बढाउने क्रममा किराना पसले र मेडिकल सञ्चालकको कोरोना परीक्षण गरेको थियो।
टोखा नगरपालिका- ३ का अध्यक्ष महेश्वर केसीले किराना पसलेमा संक्रमण देखिएको पुष्टि गरे। ती व्यक्तिको र्यापिड टेस्ट पनि पोजेटिभ आएको थियो। र्यापिडमा पोजेटिभ देखिएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेका थिए।
टोखाकै वडा नं ६ मा पनि संक्रमण भेटिएको छ। संक्रमित व्यक्ति धुलिखेलमा मृत्यु भएकी सुत्केरी महिलाको सम्पर्कमा आएको व्यक्ति भएको वडा अध्यक्ष सिंहराज श्रेष्ठले जानकारी दिए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७