काठमाडौं – रुकुम पश्चिमको चौरजहारी घटनाका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ ।
दलित युवासहितको मृत्यु भएको घटनाप्रति दुःखव्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारलाई उचित राहत दिने बताएका हुन् ।
घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरिसकेको जानकारी गराउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट समेत छानबिन गरी दोषिमाथि कारबाही गर्न निर्देशन दिइसकेको बताए ।
प्रदेश संसदमा सम्बोधन गर्दै उनले जातीय सद्भाव र एकता कायम राख्न अपिलसमेत गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३