काठमाडौँ – सरकारले कोरोना रोग तथा अन्य संक्रमक रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीहरुका लागि ५ लाख रुपैयाँसम्मको निशुल्क बीमा गर्ने भएको छ।
संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै कोरोना तथा अन्य संक्रमण रोगका विरुद्ध खटिने सबै स्वास्थ्यकर्मीको सरकारले निशुल्क बीमा गरिदिने प्रतिबद्धता जनाए।
सरकारले स्वास्थ्य सेवालाई विशेष प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ।
स्वास्थ्य सेवाको दायरा बढाउने र हालको सेवालाई प्रभावकारी बनाउने सरकारले घोषणा गरेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३